झापामा लुटिएका हतियार र गोली फेला
झापा : झापामा जेनजी आन्दोलनको क्रममा लुटिएको हतियार र गोली फेला परेको छ ।
बिर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा बुधबार दिउँसो ४:४५ बजे ०३११००८७२ नम्बरको एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याइ राखिएको डीएसपी खडकाले बताए । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !