प्राकृतिक चिकित्सा पद्धति हो-नेचुरोप्याथी
नेचुरोप्याथी भनेको के हो ?
यो एउटा प्राकृतिक चिकित्सा पद्धति हो, जसमा औषधि वा शल्यक्रियाको प्रयोग गरिँदैन। यसले शरीरको आत्म–उपचारमा विश्वास राख्दै प्रकृतिमा पाइने तत्त्वहरू जस्तैः पानी, माटो, हावा, घाम आदिको प्रयोग गरी उपचार गर्ने सिद्धान्तमा आधारित छ। यसको मुख्य मान्यता नै शरीरमा आफैं निको हुने क्षमता हुन्छ भन्ने हो।
वेलनेसको परिभाषा कसरी दिनुहुन्छ ?
नेपालमा नेचुरोप्याथी र वेलनेस सेवाको बारेमा बुझाइ कस्तो छ ?
नेपालमा विस्तारै नेचुरोप्याथी र वेलनेस सेवाप्रति बुझाइ र स्वीकार्यता बढ्दै गएको छ। पहिले धेरैलाई यसको बारेमा जानकारी थिएन, तर अहिले धेरैले प्राकृतिक उपचार र स्वस्थ जीवनशैलीको महत्व बुझ्न थालेका छन्। खासगरी सहरी क्षेत्रमा शिक्षित वर्ग र स्वास्थ्यप्रति सचेत व्यक्तिहरू यसप्रति आकर्षित भइरहेका छन्। यदि औषधि र शल्यक्रियाबिना नै रोग निको पार्ने वा रोकथाम गर्ने उपाय खोज्दै हुनुहुन्छ भने नेचुरोप्याथीले त्यो आवश्यकता पूरा गर्छ।
व्यस्त जीवनशैलीले गर्दा अधिकांश व्यक्तिमा चिन्ता, तनाव बढ्दै गएको छ। तनाव व्यवस्थापनमा नेचुरोप्याथी र स्पा सेवा लिँदा के फाइदा हुन्छ ?
मानसिक स्वास्थ्य व्यवस्थापन आजको प्रमुख चुनौती बन्दै गएको छ। नेचुरोप्याथी र स्पा सेवाले मानसिक स्वास्थ्य सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्छन्। स्पाको शान्त वातावरण, आरामदायी मालिसले शारीरिक एवं मानसिक तनावलाई घटाउन सहयोग पुर्याउँछ। योग र ध्यानले मनलाई स्थिर बनाउँछ र यसले भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्दछ।
नेचुरोप्याथीमा गरिने आहार र पोषणसम्बन्धी परामर्शले पनि शरीरको रसायनलाई सन्तुलित गरेर मुड स्विङ र तनाव कम गर्न सघाउँछ। समग्रमा यी सेवाहरूले मानसिक र शारीरिक दुवै स्तरमा आराम र सन्तुलन प्रदान गरी तनाव व्यवस्थापनमा सहयोग गर्छन्।
स्पा र नेचुरोप्याथी उपचारलाई संयोजन गर्दा सेवाग्राहीलाई अतिरिक्त फाइदा के हुन्छ ?
स्पा र नेचुरोप्याथीको संयोजन एक शक्तिशाली वेलनेस दृष्टिकोण हो। स्पाले शरीर, मन र आत्मालाई सन्तुलनमा राख्ने कार्य गर्दछ। यसले रक्त सञ्चारलाई सुधार गर्दै शरीरका प्रणालीहरूलाई सन्तुलित राख्दछ। जब नेचुरोप्याथीका उपचारहरू जस्तैः मालिस, आहार परामर्श, डिटक्सिफिकेसन थेरापीसँग स्पालाई जोडिन्छ, तब क्लाइन्टले दोहोरो फाइदा प्राप्त गर्छन्। उदाहरणका लागि, स्पाले शरीरलाई शुद्धीकरण गर्न मद्दत गर्छ र नेचुरोप्याथी आहारले यस प्रक्रियालाई थप तीव्र बनाउँछ।
ट्र्यान्क्विलिटी स्पामा सेवा प्रवाह कस्तो छ ?
धेरै स्पाले मालिस र ब्युटी ट्रिटमेन्टमा मात्र ध्यान दिन्छन्। तर, ट्र्यान्क्विलिटी स्पामा नेचुरोप्याथी डाक्टरको प्रत्यक्ष संलग्नतामा सेवा प्रवाह हुन्छ। हामी हरेक सेवाग्राहीको व्यक्तिगत स्वास्थ्य अवस्था, शरीरको प्रकार, जीवनशैली र विशिष्ट आवश्यकताको बारेमा विस्तृत परामर्श लिन्छौं। यसरी हामीले प्रत्येक व्यक्तिको लागि अनुकूलित र वैज्ञानिक रूपमा प्रमाणित सेवा सिफारिस गर्छौं। उदाहरणका लागि, कसैलाई मांसपेशीको दुखाइ छ भने हामी केवल मालिसमात्र होइन, कुन प्रकारको मालिसथेरापी (जस्तैः डिप टिस्यु, स्विडेज) उपयुक्त हुन्छ र त्यससँगै योग थेरापी वा आहार परामर्शले कसरी थप फाइदा पुर्याउँछ भनेर मार्गदर्शन गर्छौं।
यदि कसैलाई तनाव व्यवस्थापन वा मानसिक र शारीरिक रूपमा पनि सन्तुलन चाहिएको छ भने, हामी योग, ध्यान र काउन्सिलिङलाई मालिस र अन्य प्राकृतिक उपचारसँग जोडेर एक पूर्ण प्याकेज प्रदान गर्छौं। हाम्रो सेवाको विविधता जस्तैः योग थेरापी, एक्युपन्चर, म्यानुअल थेरापी, पोषण र आहार परामर्शले शारीरिक, मानसिक, आत्मिक सन्तुलनको लागि एक विस्तृत प्लेटफर्म दिन्छ।
डा. प्रगति नकर्मी, वेलनेस कन्सल्टेन्ट तथा योग प्रशिक्षक, ट्र्यान्क्विलिटी स्पा
प्रतिक्रिया दिनुहोस !