भुटान पुगे भारतका प्रधानमन्त्री मोदी
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि मंगलबार भुटान गएका छन्। भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन्।
प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, 'म भुटान पुगेको छु। न्यानो स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु। यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।'
प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !