बंगलादेशमा बम विस्फोट र आगजनी, उच्च सतर्कता कायम
काठमाडौं : चुनावको पूर्वसन्ध्यामा बंगलादेशको राजधानी ढाकामा बम विस्फोट भएको छ। नोभेम्बर १० र ११ मा भएका बम विस्फोट तथा आगजनीका घटनाले देशभर उच्च सतर्कता कायम गरिएको छ।
ढाकास्थित ग्रामीन बैंकको मुख्यालय लक्षित आक्रमणमा भएको हो। यस्तै विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीको कार्यालयमा पनि आगजनी भएको छ।
यी घटनाले राजधानी मात्र नभई देशभर सुरक्षा सतर्कता बढाइएको छ। चुनाव नजिकिँदै गर्दा हिंसात्मक गतिविधि बढ्नुले राजनीतिक वातावरणलाई अझै तनावपूर्ण बनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बम विस्फोट र आगजनीका घटनाले बंगलादेशको चुनावी प्रक्रिया र सुरक्षा व्यवस्थामा गम्भीर चुनौती खडा गरेको छ।
पुलिसले घटनास्थलबाट एउटा नफुटेको बम बरामद गरेको छ भने पाँच जना पक्राउ गरेको छ।
राति ढाकाका विभिन्न स्थानमा चारवटा सवारी साधनमा आगजनी गरिएको थियो। शाहजादपुर, मेरुल बड्डा र धानमण्डीमा तीनवटा बस पनि जलाइएका छन्।
प्रतिक्रिया दिनुहोस !