विराट गोल्डकपको हिसाब ८ महिनापछि सार्वजनिक, करिब ३ लाख नाफा

विराट गोल्डकपको हिसाब ८ महिनापछि सार्वजनिक, करिब ३ लाख नाफा

विराटनगर : विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक गरिएको छ। 

आयोजकले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरेको हो। करिब ३ लाख रुपैयाँ नाफा देखाएर विवरण सार्वजनिक गरिएको हो। उद्योगी नवीन रिजालको संयोजकत्व र विराट गोल्डकप ट्रष्टको समन्वयमा प्रतियोगिता २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना गरिएको थियो। 

उक्त प्रतियोगितामा २ लाख ९४ हजार ३ सय ७४ रुपैयाँ ३४ पैसा नाफा भएको रिजालले बताए। १ करोड ७ लाख २१ हजार १ सय ८७ रुपैयाँ आम्दानी हुँदा १ करोड ४ लाख २६ हजार ८ सय १२ रुपैयाँ ६६ पैसा खर्च भएको जानकारी उनले दिए। उनका अनुसार प्रयोजकबाट ५० लाख ४८ हजार ७ सय ४०, टिकट बिक्रीबाट २३ लाख ९ हजार ५ सय, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९ सय ९२, कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख ९२ हजार ४५, कोशी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५ सय, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाको संसद विकास कोषबाट ४ लाख ९३ हजार ३ सय १०, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख ९५ हजार ५ सय र अन्यबाट ६६ हजार रुपैयाँ आम्दानी भएको थियो। 

केही ठाउँबाट अझै रकम उठ्न बाँकी रहेको र प्रतिबद्धता जनाएका कतिपयले सहयोग नगरेको रिजालले बताए। गोल्डकपको सातौं र आठौं संस्करणले भने नोक्सानी बेहोर्नु परेको थियो। लगातार २ वर्ष घाटामा गएको गोल्डकपको नवौं संस्करण भने नाफा कमाउन सफल भएको हो। ‘घाटामा गइरहेको गोल्डकपलाई नाफामा लैजान सफल भयौं,’ गोल्डकपका संयोजक रिजाल भन्छन्, ‘तर, बजारमा अझै पनि केही रकम संकलन हुन बाँकी छ।’

उनका अनुसार प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट अपेक्षाकृत सहयोग पाउन सकिएन। फागुन २८ गते सम्पन्न गोल्डकपको उपाधि भिडन्तमा डार्बी क्लब ललितपुरलाई २–० गोल अन्तरले निराश बनाउँदै थ्री स्टार क्बलले उपाधि उचालेको थियो। विजेता टिमलाई ११ लाख र उपविजेता टिमलाई ५ लाख नगद पुरस्कार प्रदान गरिएको थियो। 

विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गरेको आठौं संस्करणमा २२ लाख ६२ हजार रुपैयाँ र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको संयोजकत्वमा सम्पन्न सातौं संस्करणमा ८७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको विवरण सार्वजनिक गरिएको थियो। नवौं संकरणका संयोजक रिजालले विषम परिस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.