पोखरामाथि फराकिलो जितसहित विराटनगरको सुखद् सुरुवात

पोखरामाथि फराकिलो जितसहित विराटनगरको सुखद् सुरुवात
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : पोखरा एभेन्जर्समाथि ५३ रनको जितसहित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो।

विराटनगरले दिएको २२१ रनको विजयी लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १८.५ ओभरमा १६७ रन बनाउँदै अलआउट भएको हो। पोखरा एभेन्जर्सका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

पोखराका ओपनर दिनेश खरेल ७ रनमा पेभेलियन फर्किए। तर पावरप्लेम कुशल भुर्तेल र एडम रोसिङ्टोनले ७६ रनको साझेदारी गर्दै पावरप्लेमा विराटनगरभन्दा माथि आएको थियो। एडम रोसिङ्टोन ३९ मा आउट भए।

त्यसपछि आश गरिएका खेलाडी जिमी निशम र तृतराज दास डकआउट हुँदा पोखराको ब्याटिङ धरापमा परेको हो। त्यसपछि पोखराको ब्याटिङ एकतर्फी रुपमा कुशल भुर्तेलले सम्हालिरहेका थिए। सातौं विकेटको रूपमा कुशल भुर्तेलको विकेट गएपछि भने पोखरा जितबाट निकै टाढा पुगेको हो। त्यसपछि आएका ब्याटरहरूले पनि प्रयास गर्दा पनि पोखराले १६७ रनमात्रै बनाउन सक्यो।

अभिषेक तिवारीले ११ रन बनाउँदा डान डाउथवर्थले अन्तिमसम्म प्रयास गरिरहे। उनी २९ रनमा १८.५ ओभरमा मर्चेन्ड डी लाङ्गेको बलमा बोल्ड भए। यससँगै पोखरा अलआउट भएको हो। विराटनगरका लागि कप्तान सन्दीप लामीछाने र शुभम रञ्जाने, प्रतिश जिसी र मर्चेन्ट डी लाङ्गेले २-२ विकेट लिए। वसिर अहमद र सूर्य तामाङले १-१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको विराटनगरका लागि विराटनगरको लागि लोकेश बमले सर्वाधिक ७२ रन बनाए। उनले ४८ बलमा १ चौका र ७ छक्का बनाए। मार्टिन गप्टिलले ६१ रनको पारी खेले। जर्ज मुन्से १० रनमा क्याच भए। यो एनपीएलमा दोस्रो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो। यसअघि पहिलो संस्करणमा विनोद भण्डारी र ब्रान्डन म्याकमुलेनले ८६ रनको साझेदारी गरेका थिए। 

विराटनगरका वसिर अहमदले २३ रन बनाएर क्याच भए। शुभम रञ्जानले ३८ रन बनाएर रनआउट भए। प्रतिश जिसी डक आउट भए। नारायण जोशी ११ रनमा अविजित रहे। 

पोखराका लागि म्याट टेलरले २ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले १-१ विकेट लिए। आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। 

बुधबार एक मात्र खेल रहेको छ। बुधबार काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्नेछ। काठमान्डुले लिगको दोस्रो खेल खेल्नेछ भने सुदूरपश्चिमको पहिलो खेल हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.