सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप

सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप
तस्बिर : दिवाकर भण्डारी

सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ। आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेका हुन्।null

उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भइरहेको छ।

बुधबार झडपपछि सम्राट उपाध्यायले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए। बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेन–जी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए। किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परिसकेका हुन्।null

बुधबार एमालेले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रम राखेको थियो। उक्त सभालाई सम्बोधन गर्न काठमाडौंबाट पार्टी महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत नेताहरू जहाजमार्फत सिमरा आउँदै थिए। एमाले नेताको विरोध गर्न ‘जेन–जी’ युवाहरू सिमरा चोकमा भेला भएका थिए। तर, आफ्ना नेताको स्वागत गर्न एमाले सम्बद्ध युवाहरू विमानस्थल जाँदै थिए। त्यही बेला दुवै पक्षबीच विवाद चर्क्यो। द्विपक्षीय झडप भयो। सिमरा क्षेत्र दिनभर तनावग्रस्त भयो। 

त्यसक्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट जेन–जी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए। आक्रोशित जेन–जी युवाहरूको समूहले सिमरा विमानस्थलमा पुगेर विमानस्थलको गेट पनि तोडफोड गरे। गेट तोडेर विमानस्थलभित्र पसेका जेन–जी युवाहरूले विमानस्थल कार्यालयमा ढुंगा र सिसाका बोतलहरू प्रहार गरे। सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास हानेर उनीहरूलाई तितरबितर पारेको थियो। विमानस्थलबाट फर्किएका जेन–जी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्न थाले। चर्को नाराबाजी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.