सचिवालय बैठकमा ओलीको सन्देश- स्वस्थ प्रतिस्पर्धाका लागि तयार छु
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेपछि ओलीले स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका हुन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गरेर आन्दोलनको मर्मलाई भने कायम राख्नुपर्ने बताएका थिए।
'पार्टीमा विभिन्न समयमा प्रतिस्पर्धाहरू भए। म एकजना मात्र त्यस्तो पात्र रहें, प्रतिस्पर्धामा पराजित भए पनि पार्टी एकताका लागि निरन्तर लागिरहें। पार्टी सुदृढका लागि काम गरे। तर, विगतमा प्रतिस्पर्धा गरेका केही साथीहरू पार्टी एकतामा रहनुभएन। उदाहरणका लागि माधवकुमार नेपाल र भीम रावललाई लिन सकिन्छ। त्यो स्थिति नरहोस्। स्वस्थ प्रतिस्पर्धा गरौं, त्यसले खास असर पार्दैन। तर देशको आवश्यकता सहकार्य गरेर एकताका साथ अगाडि बढ्ने भन्ने हो,' ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भने।
प्रतिक्रिया दिनुहोस !