माइतीघरबाट बानेश्वरसम्म मार्चपास

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै, ओलीले घोषणा गर्ने

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै, ओलीले घोषणा गर्ने

काठमाडौं : नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने भएको छ। माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपासपश्चात नेसनल भोलेन्टियर फोर्स घोषणा सभा गर्न लागिएको हो। 

आज बिहान ११ बजे प्रमुख अतिथि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो।  

राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेले जनाएको छ।

 एनभिएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने एमाले नेता महेश बस्नेतले जानकारी दिए।
 एनभिएफमा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.