सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्वीकार गरेको बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सुशीला कार्की सरकार कृत्रिम ढंगले गठन भएको बताएका हुन्।

 ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन ’ उनले भने, ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ। संविधानले यसलाई कुनै हालतले उचित ठहराउन सक्दैन।’ 

मानिसको पुस्तासँग जोडेर जेनजी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिए। ‘जेनजीका नाममा युवाहरूलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ उनले भने, ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौँ। यस्तो बेला युवाहरूलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो।’

 
अध्यक्ष ओलीले कुनै नाटक गरेर देश नचल्ने चेतावनी दिए। उनले फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको दाबी गरे। नहुने निर्वाचनको भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे। ‘नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरपोर्ट बन्द गरेको छ। प्रहरी माथि आक्रमण गरेको छ। प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन’ उनले भने, ‘सरकारलाई प्रहरी पनि एमाले, सशस्त्र पनि एमाले, अदालत पनि एमाले, सेना पनि एमाले जस्तो लाग्न थालेको छ, कर्मचारी पनि एमाले लाग्न थालेको छ। रेबिज लागेको एउटा जनावरले जता पनि पानी देख्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.