एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। त्यस्तै आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारी ११ र स्कटले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !