एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत् दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत् दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

काठमाडौं : एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरूले डिशहोम गो एपमार्फत् हाल भइरहेका खेलहरूको मजा आफ्नै मोबाइलमा लिन सक्नेछन्।

ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकून भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् ।  प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ ।

एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन् ।  ग्राहकले एनसेल एप वा ८१२३३ डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरूमार्फत् पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरू लाइभ हेर्न पाउछन् । 

“बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरू हाम्रा ग्राहकहरूले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौं,'एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, 'डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरूलाई निर्वाधरूपमा एनपीएलका खेलहरू लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ । यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन बढाउने छ।'

एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रुपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आवद्ध रहेको छ । एनपीएलका खेलहरुलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ ।

यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.