हङकङको भीषण आगलागी : मृत्युको संख्या १२८ पुग्यो, थप आठ जना पक्राउ
काठमाडौं : हङकङको आवासीय भवनहरूमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा १२८ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त आगलागीलाई ७० वर्षयताकै सबैभन्दा घातक मानिएको छ।
घटनापछि ती आवासीय भवनहरूको मर्मत-सम्भार कार्यसँग सम्बन्धित थप आठ जना पक्राउ परेका छन्। प्रहरीले यसअघि तीन जनालाई पक्राउ गरेको थियो।
आगलागीको कारण यकिन भइनसकेको अधिकारीहरूले बताएका छन्। तर, भवनका झ्यालबाहिर टाँगिएका पोलिस्टाइरिन फोम र संरक्षक जालले आगो तीव्र गतिमा फैलिन मद्दत गरेको उनीहरूको भनाइ छ। आगलागीमा ७९ जना घाइते भएका छन् भने कैयौँ व्यक्ति बेपत्ता रहेको एजेन्सीहरू उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !