पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १७ औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लासयन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका छन्।
पोखरा एभेन्जर्सको यो चौथो खेल हो। पोखराले यसअघिको तीन खेलमा १ जित र २ हार बेहोरेको छ। पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो।
लुम्बिनीको भने यो पाँचौं खेल हो। लुम्बिनीले यस अघिको ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ। लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलदमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !