पहिलो चौमासिकमै योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

पहिलो चौमासिकमै योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

गोरखा : पहिलो चौमासिकमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्न सफल उपभोक्ता समितिहरुलाई वडा कार्यालयले सम्मान गरेको छ। सहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयले वडाभित्रका योजना सम्पन्न गरी फर्स्यौट गर्ने समितिलाई सोमबार सम्मान गरेको हो।

विकास निर्माणको काम जतिसक्दो चाँडो गरिसक्न हौसला प्रदान गर्न समितिलाई सम्मान गरेको वडाअध्यक्ष शरण श्रेष्ठले बताए। ‘सबैभन्दा छिटो योजना सम्पन्न गर्ने तीन उपभोक्ता समितिलाई सम्मान गर्ने पूर्व घोषित कार्यक्रमअनुसार सम्मान गरिएको हो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘सबैभन्दा पहिले गत असोज २ गते नै योजना सम्पन्न गर्ने बोर्लाङी गाउँ सामुदायिक भवनमा ट्रस्ट निर्माण गर्ने उपभोक्ता समिति, त्यसपछि योजना सम्पन्न गर्ने मकैपुर, डाँडागाउँ सितलचौतारा बाटो ढलान उपभोक्ता समिति र असोज ४ गते योजना सम्पन्न गर्ने बुङ्कोट स्वास्थ्यचौकीमा सुत्केरी कक्षा स्तरोन्नति गर्ने उपभोक्ता समितिलाई सम्मान गरियो।’

सो वडा कार्यालयले यो आर्थिक वर्ष २६ वटा योजना तय गरेको छ। जसमध्य १६ वटा विकास निर्माणका र १० वटा योजना तर्जुमा गरेको छ। जसमध्ये १२ वटा योजना सम्पन्न भएर योजना फरफारक भइसकेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। बाँकी चारवटा योजना पनि धमाधम काम सञ्चालन भइरहेको उनले बताए। 

वडाले विभिन्न १० वटा सफ्टवेयरका कार्यक्रम पनि सञ्चालन गर्दैछ। जसमध्ये तीनवटा सुरु हुन बाँकी रहेको अरु सञ्चालन भइरहेको र सबै योजना तथा कार्यक्रम पुसको दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए। सो वडामा साउन १ गते सबै उपभोक्ता समिति गठन भएर अभिमुखीकरण गरी योजना सम्झौता भइसकेको थियो। दोस्रो चौमासिक नसकिँदै सतप्रतिशत कार्य प्रगति गर्ने लक्ष्य रहेको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ। 

यसअघि पनि सो वडाले सतप्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेबापत दुई आर्थिक वर्षसम्म गाउँपालिकाबाट सम्मानित भइसकेको छ। सतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सो वडाले दुईपटकसम्म पाँच–पाँचलाख रुपैयाँका दरले पुरस्कार पाइसकेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.