सर्वोच्चद्वारा मधेशका मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश

सर्वोच्चद्वारा मधेशका मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश

काठमाडौं : सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको हो।

'मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशिघ्र टुंगो लगाउन वाञ्छनीय देखिएकाले आदेश प्राप्त भएको मितिले २४ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त माननीय सरोजकुमार यादवलाई नेपालको संविधान धारा १६४ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव मधेस प्रदेश, प्रदेश सभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सही बमोजिम र प्राप्त गर्न नसके नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्पसमेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्त सम्बन्धमा कारबाही गर्न गराउनू भनी मधेश प्रदेश प्रमुखसमेतका विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,' फैसलामा भनिएको छ।

यो आदेश तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकाले सर्वोच्चले संक्षित आदेश जारी गरेको जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदहरूले दायर गरेको रिट निवेदनमा मधेस प्रदेशका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलगायतलाई विपक्षी बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.