१८ वर्षमै जनप्रतिनिधि बन्न पाउने मागसहित प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन

१८ वर्षमै जनप्रतिनिधि बन्न पाउने मागसहित प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानुन व्यवस्थाको सुनिश्चितता लगायतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ।

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो। प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतमा माग राखेका छन्।

त्यस्तै जेनजी जनआन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौतापत्रमा तत्काल हस्ताक्षर गर्नसमेत ध्यानाकर्षण गराइएको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीले जानकारी दिए।

त्यस्तै जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने, सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्तिस्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्नेलगायएतका माग प्रस्तुत गरिएको उनले बताए।

त्यस्तै प्रलोपाले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति र भन्सार सुविधामा सरलीकरण तथा विदेश पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर को प्रक्रिया झन्झटरहित बनाउनुपर्ने, किसानहरूलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.