सही व्यक्तिले प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी पाएको भए जेनजी आन्दोलन हुँदैनथ्यो : मन्त्री घिसिङ

सही व्यक्तिले प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी पाएको भए जेनजी आन्दोलन हुँदैनथ्यो : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकांक्षा बमोजिम बैकल्पीक भनिएका शक्तिहरू एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताए। अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए।

घिसिङले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्यरूपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने बताए। सही व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेनजी आन्दोलनको अवस्था नआउने भन्दै उनले सही व्यक्ति सही स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने बताए।

ठूला-ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुनसक्ने भएकाले भाषणभन्दा परिणाममुखी काम गर्न सक्नुपर्ने उनले जोड दिए। उनले जेनजी आन्दोलनपछिको चुनौती स्वीकार गर्दै आफू सरकारमा सहभागी भएकाले आफूले पूर्णरूपमा जिम्मेवारी पूरा गर्ने बताए। उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे।

त्यस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा वैकल्पिक भनिने शक्तिहरू एकताबद्ध हुनुपर्ने भन्दै उनीहरूबीच विवाद भए निर्वाचनमार्फत पुरानै राजनीतिक दलहरू हाबी हुनसक्ने बताइन्। उनले मुलुकको अहिलेको आवश्यकता र जनताले चाहेको एजेण्डा पूरा गर्न उज्यालो नेपाल पार्टी गम्भीर हुनुपर्ने सुझाव दिइन्।

कार्यक्रममा उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले पार्टीको घोषणापत्र सार्वजनिक गरेकी थिइन्। सो पार्टीले उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने लगायतका एजेण्डा अघि सारेको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.