सरकारमा रहुन्जेल जेनजीका लागि गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले भनिन्- सुदन मेरो जेठो छोरा हो

सरकारमा रहुन्जेल जेनजीका लागि गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले भनिन्- सुदन मेरो जेठो छोरा हो

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूका पक्षमा उभिने प्रतिबद्धता जनाएकी छन्। सिंहदरवारमा बुधकार जेनजी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कार्कीले जेनजीका लागि आफूले सक्ने जति गर्ने बताएकी हन्।

'हामी सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूका लागि गरिरहनेछौं। म चाहन्छु, जति पनि युवा शक्तिहरू छन्, उनीहरूले देशमै रोजगार पाउन्, देशमै बसोस्, किनकि उनीहरू देशका कर्णधार हुन्। तर, एउटै डकुमेन्टमा सबैको माग पूरा नहुँदो रहेछ,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आफूलाई युवा पुस्ताले 'आमा' मानेकोमा कृतज्ञता व्यक्त गरिन्। उनले आफू सधैं युवा शक्तिको पक्षमा रहेको र युवा शक्तिले यो देशमा सत्ता ल्याएर उनीहरूको विचारले देश चलोस् भन्ने आफ्नो चाहना रहेको बताइन्।

उनले जेनजी पुस्ताको आफू आमा भएको र आर्यघाटमा पुग्दा पनि आमा नै रहने बताइन्। 'यो ऐतिहासिक डकुमेन्ट भोलि राजपत्रमा प्रकाशित हुन्छ। अन्य समयमा भएका सम्झौताहरू जस्तै यो पनि एक बलियो दस्तावेज बन्नेछ,' उनले भनिन्। उनले सरकारका सचिव, कर्मचारीहरू, सुरक्षा निकायलाई धन्यवाद दिँदै सुदन गुरुङलाई आफ्नो जेठो छोरो भएको बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.