पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष ओलीलाई उपाध्यक्ष पाण्डेको आग्रह

पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष ओलीलाई उपाध्यक्ष पाण्डेको आग्रह

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।  

शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रित युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गरेका हुन्।  

पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको विषयलाई टुङ्गो लगाउनुपर्ने उनले बताए। उनले अब युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए। देश र पार्टी संकटमा रहेकाले नयाँ ढंगले समाधान गर्न पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए।

उनले महाधिवेशनमा सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रिक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.