नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण, कसले के भने ?

नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण, कसले के भने ?

काठमाडौं : नवनियुक्त चार जना मन्त्रीले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहणपछि बोल्दै नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चुनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताए। उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए।

त्यस्तै मन्त्री चौलागाईंले मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए।

यस्तै नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताए। बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए। उनले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे।

मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा वितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे। उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए। 

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन्। सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन्।  

यस्तै नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका छन्। श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर अघि बढ्ने उनले बताए। उनले आफ्नो कार्यकाल छाेटो रहेकाले समय खेर नफाली काम गर्ने उल्लेख गरे। जेनजी आन्दोलनमा युवाका साथै प्रहरी समेत प्रभावित भएकाले दुई पक्षमा भएको पीडा र क्षतिलाई ध्यान दिएर काम गर्ने उनको भनाइ छ।  

मन्त्री भण्डारीले हरेक प्रहरी दमनकारी नहुने र हरेक जेनजी विध्वंसकारी नहुने भनेर महसुस गराउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.