एमालेको राष्ट्रिय महाधिवेशन : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस

एमालेको राष्ट्रिय महाधिवेशन : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस

काठमाडौं : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। 

उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ। 

काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो। जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ लगायतका स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ।

उदघाटन समारोहमा सहभागीहरु जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको छ। यो महाधिवेशनलाई एमालेले लोकतान्त्रिक पार्टीको शक्ति प्रदर्शनको रुपमा अर्थ्याएको छ।  एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताए।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए। उद्घाटन समारोहमा नेपालको एकताको प्रतिकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई  रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.