एमालेको नयाँ कार्यसमिति चयन भएपछि नेताहरूले के भने ?

एमालेको नयाँ कार्यसमिति चयन भएपछि नेताहरूले के भने ?

काठमाडौं : नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने बताएका छन्। पार्टीको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन भएपनि उनीहरूले आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताएका हुन्।

एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा लोकतान्त्रिक अभ्यास हुनु स्वाभाविक भएको भन्दै यसले पार्टीका कुनै विभाजन नल्याउने बताए। उनले महाधिवेशनपछि पार्टी अझै सशक्त र एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्न अघि बढ्ने बताए। 

पौडेलले केन्द्रीय कमिटी समेटिन नसकेकाहरूलाई पनि उचित भूमिका दिइने धारणा राखे।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीलाई विधि र पद्धतिमा चलाउँदै बलियो ढंगले अघि बढाइने उल्लेख गरे।  संगठनात्मक हिसाबका साथै कार्यसञ्चालनमा देखिएका समस्यालाई समेत समाधान गर्न ध्यान केन्द्रित गरिने उनको भनाइ छ। उनले नेतृत्वका लागि प्रतिस्पर्धा भएपनि सिद्धान्त र बिचारमा कुनै मतभेद नरहेको बताए।

त्यसैगरी नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले विगतका कमजोरीलाई सच्चाउँदै जनतालाई विश्वासमा लिएर अघि बढ्ने बताए।

त्यस्तै नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाइ सबैको भावना समेटेर अघि बढ्ने बताए। उनले पार्टीभित्रका पक्षधरलाई मापदण्डको आधारमा एकताबद्ध ढंगले समेटेर सुदृढ पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।

भट्टराईले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेले पार्टीको लोकतान्त्रिक पद्धतिको आवाज उठाएर गरेको साहसको आफूले सदैव सम्मान गर्ने जिकिर गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.