पानी बोक्ने मिनिट्रक नदीमा खस्दा चालक गम्भीर घाइते
गोरखा : गोरखामा पानी बोक्ने मिनिट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । ग १ क २५३७ नं को पानी बोक्ने मिनिट्रक गएराती अँबुवा सेरा सडकको कर्मसिङमा दरौंदी नदीमा खस्दा सहिदलखन- १ लुदीखोलाका चालक कुशल बिक घाइते भएका प्रहरीले जनाएको छ ।
उनलाई राती १० बजे नदीबाट निकाली आँबुखैरेनी अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । चालक बिकको अवस्था गम्भीर रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !