महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन : गगन थापा

महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने बताएका छन्। पार्टी कार्यालयमा जारी कार्यसम्पादनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन आलटाल गर्ने मञ्जुरी नरहेको बताए।

'महाधिवेशन आलटाल गर्ने विषयमा हामी मन्जुर छैनौं। महाधिवेशनका लागि चाहिने केही कुरा नगर्ने अनि महाधिवेशन छलछाम गर्ने काम हामी स्वीकार्दैनौं,' उनले भने, 'महाधिवेशन नगरिकन, नेतृत्व चयन नगरिकन कांग्रेस चुनावमा जाँदैन।'

महाधिवेशन नगर्ने प्रयास गरिए आफूसँग वैकल्पिक बाटोहरू पनि भएको महामन्त्री थापाले दाबी गरे। 'तर, म अहिल्यै वैकल्पिक बाटोमा जान चाहन्न,' उनले भने। उनले सभापति शेरबहादुर देउवालाई महाधिवेशनका लागि भूमिका खेलिदिन आग्रह पनि गरे।

सभापति देउवाले कार्यवाहकको जिम्मेवारी सुम्पिए पनि त्यो काममात्रको भएको उनले आरोप लगाए। 'पार्टीको सर्वोत्तम हित गर्ने काम सभापतिको हो। पार्टीको अधिवेशन गराउने सम्बन्धमा उहाँले भूमिका खेल्नुपर्छ। जसरी उहाँले आफू नेतृत्व सुम्पिने कुरा गरेर सबैको मन जित्ने काम गर्नुभएको थियो, त्यसरी यो महाधिवेशन सम्पन्न गर्ने भूमिका पनि खेल्नुपर्छ, उनले भने।

महामन्त्री थापाले निर्वाचन जाँदा कांग्रेसले महाधिवेशन त गर्न सकेन भन्ने आरोप खेप्न नपरोस् भनेर सभापतिको ध्यानाकर्षण पनि गराए। उनले संसद पुनर्स्थापनाको विषय अदालतको रहेको र कांग्रेसले फागुन २१ को निर्वाचनमा जाने निर्णय गरेको बताए। 

त्यस्तै महामन्त्री थापाले कार्यतालिका संशोधन गरेर भए पनि महाधिवेशन गर्नुपर्ने जिकिर गरे। उनले १६ गते हुने भनिएको वडा अधिवेशनलाई २१ र २१ गते हुने भनिएको क्षेत्रीय अधिवेशनलाई २१ गते सार्न सकिने बताए। तर, महाधिवेशनको मिति चलाउन नपाउने उनले अडान कसे। उनले वडा र क्षेत्रको अधिवेशन सकेर पनि महाधिवशन गर्न सकिने बताए।

पालिका, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशन पछि पनि गर्न सकिने र यसअघि गर्दै पनि आएको उनको भनाइ छ। 'यसअघि पनि थुप्रै जिल्ला र प्रदेशको महाधिवेशन केन्द्रीय महाधिवेशन पछि गरेका छौं। महाधिवेशन एउटै अवस्थामा हुँदैन जुनबेला १६५ क्षेत्रका प्रतिनिधि आउँदैन। त्यही भएर वडा र क्षेत्रको अधिवेशन गरेर भए पनि महाधिवेशन गर्नुपर्छ,' उनले भने। 

त्यस्तै क्रियाशील विवाद समाधान गर्न अधिकार सम्पन्न प्रतिनिधि सम्बन्धित ठाउँमा पठाउनुपर्ने प्रस्ताव आफूले गरेको उनले बताए। 'क्रियाशील विवाद भएको र बदनियत राखेको ठाउँमा पार्टीले सर्वाधिकारी सम्पन्न प्रतिनिधि तत्काल फिल्डमै पठाउने। तीन-चार दिन बसेर ती प्रतिनिधिहरूले विधान बमोजिम विवाद समाधान गर्नुहुन्छ। नियतबस क्रियासिल नपठाउने भए त्यो ठाउँलाई पुरानै क्रियाशील सदस्यअनुसार काम अगाडि बढाउने वा भाग नै मिल्न नमिल्ने बनाउने,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.