टाउको दुख्यो ? हेलचेक्राई नगरौं

टाउको दुख्यो ? हेलचेक्राई नगरौं

मस्तिष्कको कुनै भागमा रगतको आपूर्ति अचानक बन्द हुन पुगेको अवस्थालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको भनिन्छ । मस्तिष्कघातलाई स्केमिक (मस्तिष्कमा रगत प्रवाह गर्ने धमिनी अवरुद्ध भएको अवस्था) र हेमोरेजिक (मस्तिष्कको रक्तनली फुटेर भएको रक्तस्राव) लाई बुझाउँछ ।

हेमोरेजिक स्ट्रोकको सब टाइपको रूपमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) लाई लिन सकिन्छ । हेमोरेजिक स्ट्रोक हुँदा विशेषगरी मस्तिष्कभित्रको पेरेन्काईमा (मस्तिक तन्तु) भित्र स्राव हुन्छ । त्यसैले भनिन्छ, आईसीएच स्ट्रोक ब्रेन स्ट्रोक हुन् । तर, सबै ब्रेन स्ट्रोक आईसीएच होइन ।

इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को मृत्युदर उच्च हुन्छ । बाँचे पनि अपांगताको जोखिम उच्च हुन्छ । दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने वा दैनिक कामकाज गर्न अन्य व्यक्तिमा निर्भर रहनुपर्ने अवस्था आउन सक्छ । नेपालसहित दक्षिण एसियाली मुलुकमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को समस्यामा वृद्धि भएको तथ्यांक छ । मध्यम आय भएका मुलुकहरूमा यो समस्या वृद्धि भएको छ ।

के कारणले हुन्छ ?     
कुनै पनि व्यक्तिमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को समस्या देखा पर्न सक्ने मुख्य कारण हो, उच्च रक्तचाप । त्यस्तै धूमपान, मद्यपानको लतमा लागेको व्यक्ति पनि जोखिममा पर्छन् । पछिल्ला नयाँ अध्ययनहरूले पर्यावरणीय प्रदूषणका कारण पनि इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को जोखिम निम्त्याउने उल्लेख गरेका छन् ।
कसरी थाहा पाउने ?            
–    अचानक टाउको दुख्ने
–    रक्तस्रावले मस्तिष्कमा दबाब बढाउँदा अर्धचेत हुने
–    बेहोस हुन सक्ने
–    रक्तस्राव भएको भाग सुन्निने
–    बान्ता हुने, बोल्न कठिनाइ हुने
–    अनुहारमा असन्तुलन आउने
–    दृष्टिमा समस्या आउने
–    बोल्दा वा हल्लाउँदा अलि अलि प्रतिक्रिया दिने

सामान्य टाउको दुखाइ र आईसीएच कसरी छुट्ट्याउने ?     
सामान्य टाउको दुखाइ र इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) हुँदाको टाउको दुखाइमा धेरै फरक हुन्छ । आईसीएच हुँदाको दुखाइ विशेष हुन्छ । अचानक र अत्यन्तै तीव्र दुखाइ महसुस हुन्छ । जबकि, साधारण टाउको दुखाइ क्रमिक रूपमा विस्तारै दुख्ने हुन्छ ।

साधारण टाउको दुखाइमा अन्य न्युरोलोजिकल लक्षणहरू जस्तै पक्षघात, चक्कर, कमजोरी, बोल्न समस्या हुने, चेतना गुमाउने लक्षणहरू हुँदैनन् । यस्ता लक्षणहरू आईसीएच हुँदा देखिने गर्छन् । यदि टाउको दुखाइसँगै बोली बिग्रिने, चक्कर लाग्ने वा बेहोसी भएमा स्ट्रोकको शंका गर्नुपर्छ । स्ट्रोक भएको हो/होइन पत्ता लगाउनको लागि सिटिस्क्यान वा एमआरआई गर्नुपर्ने हुन्छ ।

के छ उपचार ?     
इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को उपचार न्युरोइन्टरभेन्सनद्वारा नै गरिन्छ । न्युरोइन्टरभेन्सनिस्टले मस्तिष्क रक्तस्राव र स्ट्रोकको उपचारमा मिनिमली इन्भेसिभ विधि प्रयोग गर्छन् । जसबाट खुला सर्जरी बिना नै छिटो र प्रभावकारी रूपमा उपचार हुन्छ ।

थम्बेक्टोमी :  यस उपचार विधिमा रगतको थेग्लो (क्लट) निकाल्ने प्रक्रिया अपनाइन्छ । त्यसपछि मस्तिष्कमा रगतको आपूर्ति पुन:  सुचारु हुन्छ ।
एन्युरिजम कोइलिङ :  एन्युरिजम फुटेपछि कोइलिङ प्रक्रिया अपनाएर रक्तस्राव रोकिन्छ । यसका फाइदाहरू पनि छन् । जस्तो, रक्तस्रावको पुन:  हुन सक्ने जोखिम रोक्छ । मिनिमली इनभेसिभ अर्थात् कुनै खुला सर्जरीको आवश्यकता पर्दैन । बिरामीलाई छिटो निको हुने हुन्छ ।

फ्लो डाइवर्टर स्टेन्ट :  यसले ठूलो एन्युरिजममा रगतको प्रवाहलाई सामान्य बनाउँछ । पुन:  रक्तस्राव हुने जोखिम घटाउँछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.