समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने प्रक्रिया आजबाट

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने प्रक्रिया आजबाट

काठमाडौं : दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची आइतबारबाट बुझाउँदै छन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आइतबार र सोमबारको समय तोकेको छ। बन्दसूची भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउने समय तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सिटका लागि दलहरूले उम्मेदवारहरूको बन्द सूची पेस गर्नुपर्छ। समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन निवेदन दिएका मध्ये १ सय दललाई निर्वाचनमा जान आयोगले स्वीकृति दिएको थियो। आयोगमा हाल १ सय ३७ दल कायम भएका छन्। 
बन्दसूची पेस गर्न आयोगले दलहरूलाई जानकारी गराइसकेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया, प्रमाण एवं कागजात पूरा गरेर रितपुर्वक उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दलहरूलाई आग्रह गरेको छ। 

संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (५)मा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई ध्यान दिई जनसंख्याको आधारमा अनुसूची १ बमोजिम दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम बन्दसूची पेस गर्नुपर्छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नसमेत आयोगले दलहरूलाई जानकारी गराएको छ। ‘निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यहोरा अनुरोध गरिन्छ,’  आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.