रातभर बन्दसूची दर्ता

रातभर बन्दसूची दर्ता

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि ५६ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। 

१०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा जान निर्वाचन आयोगले यसअघि स्वीकृति दिएको थियो। आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार समानुपातिकतर्फ सोमबार बन्दसूची पेस गर्ने अन्तिम समय रहेको थियो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार राति १२ बजेसम्म समय तोकिए पनि भित्र प्रवेश गरेकालाई सेवा दिने जानकारी दिए। निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा रातभरि राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेस गर्न भ्याइनभ्याइ थियो। 

सोमबार साँझ बाहिर जेन–जी युवाहरूले निर्वाचन रोक्न प्रदर्शन गरेका थिए। समानुपातिकतर्फको बन्दसूची पेस गर्न राजनीतिक दलहरू पुगिरहेको समयमा जेन–जीले चुनाव रोक्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।  उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका थिए। निर्वाचन धोका हो, जेन–जीका माग पूरा गर, प्रधानमन्त्री सुशीला कार्की राजीनामा दे, प्रधानमन्त्री सुशीला कार्की मुर्दावाद जस्ता नारा लगाएका थिए। उनीहरूले निर्वाचन नमान्ने धारणा राखेका छन्।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.