पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक सहज बन्दै

पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक सहज बन्दै
तस्बिर : अन्नपूर्ण

परासी : शीतलहरका कारण दुई दिनदेखि यातायात आवतजावतमा समस्या भएको पूर्व-पश्चिम राजमार्गको दाउन्ने क्षेत्र बिहानदेखि सामान्य बन्न थालेको छ । शीतलहरका कारण बाटो चिप्लो हुँदा दाउन्ने पहाड क्षेत्रमा सवारी आवतजावतमा समस्या भएको थियो । 

चिप्लोका कारण सडक अवरोध हुँदा पूर्वतर्फ दुम्किवास र पश्चिमतर्फ बर्दघाटमा सवारी साधन जाममा परेका थिए । अहिले ट्राफिक व्यवस्थापन गरेर एकतर्फी रुपमा सवारी साधन सञ्चालन भइरहेको पूर्वी नवलपरासी ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर कुशलकुमार बर्तौलालले जानकारी दिए । 

त्यसैगरी, शीत पर्न छाडेकाले बर्दघाटतर्फ जाममा परेका सवारी साधनहरू पश्चिमतर्फ पठाउन थालिएको पश्चिम नवलपरासी ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक(वरिष्ठ सइ) प्रेम पोखरेलले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.