प्रतिनिधिसभा निर्वाचन : रसुवामा २ हजार मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचन : रसुवामा २ हजार मतदाता थपिए

रसुवा : जिल्लाभर २ हजार १२ जना मतदाता थपिएका छन्। नयाँ थपिएसँगै कूल मतदाताको संख्या ४१ हजार ४ सय पुगेको छ। यी मतदाताहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउनेछन्।

जिल्ला निर्वाचन कार्यालय रसुवाले अद्यावधीक गरेको मतदाता नामावली अनुसार जम्मा मतदाता ४१ हजार ४सय ७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय  रसुवाका सूचना अधिकारी महेश आचार्यले बताए । 

रसुवाका कुल मतदातामा पुरुष २११४१,महिला २०३२९ र अन्य १ जना रहेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७४ मा मतदाता ३२ हजार ३२२ रहेकोमा  ०७९ मा ३९ हजार ४५९ मतदाता थिए । 

कार्यालयका अनुसार कालिका गाउँपालिकामा ९ हजार ३१६ जना,उत्तरगया गाउँपालिकामा ८ हजार ७९३ जना,आमाछोदिङमो गाउँपालिकामा ५ हजार ५४७ जना,नौकुण्ड गाउँपालिकामा ११ हजार ४०६ जना र गोसाइँकुण्ड गाउँपालिकामा ६ हजार ४०९ जना मतदाता रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.