दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब बढीको सेयर कारोबार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब बढीको सेयर कारोबार

काठमाडौं :  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स  ०.३१ अंकले बढ‍ेर ४५६.७३ विन्दुमा अडिएको छ।

यसदिन ३४२ स्क्रिप्सको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँमा खरिदबिक्री भए। दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  एसवाइ प्यानल नेपाल र नगदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा ग्रीन भेन्चर्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

बन्दिपुर केवलकार एण्ड टुरिजमले १५ करोडको सेयर कारोबार गर्दा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १३ करोड, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले १२ /१२ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १६३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.