नयाँ भनिने दलहरूले प्रधानमन्त्री पदको दलाली गरे : राजेन्द्र लिङ्देन

नयाँ भनिने दलहरूले प्रधानमन्त्री पदको दलाली गरे : राजेन्द्र लिङ्देन

काठमाडौं : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। 

कार्यक्रममा लिङ्देन र थापाले एकीकरणसम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरे। एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ।

त्यस्तै राप्रपाका अध्यक्ष लिङ्देन पार्टीको अध्यक्ष रहने, राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ। एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका अग्रजहरू आएसँगै अब पार्टी थप बलियो हुने बताए। उनले कमल थापा नहुँदाको राप्रपा सदैव अपूर्णजस्तो लाग्ने गरेको भन्दै अब मनमा रहेको एक प्रकारको रिक्तता हटेर गएको बताए।

पार्टी एक्लैले नभई सबै मिलेर चलाउने भएकाले राप्रपा नेपालबाट आएका कुनै पनि सदस्यहरूले अन्यथा लिन नहुने उनले बताए। लिङ्देनले सिद्धान्त र विचार स्पष्ट नभइ केही नयाँ भनिने दलहरूले एकताका नाममा प्रधानमन्त्री पदको दलाली गरेको टिप्पणी गरे।

पुराना दलहरूलाई समेत जनताले विश्वास नगरेको अवस्थामा विचारमा स्पष्ट र विचलित पार्टी राप्रपाबाहेक अरु कोही नरहेको उनको भनाइ छ। त्यस्तै राप्रपाका फर्किएका नेता कमल थापाले दुई पार्टीबीच एकता भनिए पनि पुनर्मिलन जस्तै भएको बताए। आफूले पनि रगत पसिना बगाएर बनाएको घर फर्किँदाको जस्तो अनुभूति आफूलाई भएको उनले बताए। उनले पार्टीका मुद्दा स्थापित गर्न आन्दोलनबाहेकको अरु कुनै विकल्प नरहेको बताए।

दुई पार्टीबीच एकताको आधारपत्रमा २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ भने राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भातृसंगठनहरूमा सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ। चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.