भद्रपुरका औषधि पसलमा म्याद गुज्रिएका औषधि फेला

भद्रपुरका औषधि पसलमा म्याद गुज्रिएका औषधि फेला

झापा : झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। 

औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको समितिका संयोजक तथा नगर उपप्रमुख राधा कार्कीले बताइन्। विभिन्न प्रकारका म्याद गुज्रिएका औषधिहरू जफत गर्नुका साथै पसल सञ्चालकहरूलाई एक पटकका लागि सचेत गराइएको छ। व्यवसाय दर्ता तथा नवीकरण नगरेका पसलहरूलाई सात दिनभित्र दर्ता तथा नवीकरण गरी पसल सञ्चालन गर्न निर्देशनसमेत दिइएको उनले बताइन्।  

अनुगमनको क्रममा चन्द्रगढीस्थित कृपा फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रिएका औषधिहरू फेला परेको, सरसफाइमा ध्यान नदिएको र औषधि स्टोर कक्षमा खाजा बनाउने कार्य गरेको पाइएको छ। चन्द्रगढीकै प्रभु कृपा फार्मेसीले २०७८/०७९ सम्म नवीकरण गरेकोले ३ दिनभित्र नवीकरण गर्ने र सरसफाइमा ध्यान नदिएको, भद्रपुरस्थित तिम्सिना फार्मेसीले २०६९/७० यता व्यवसाय नवीकरण नगरेको र औषधिहरूको प्रकार अनुसार छुट्टा छुट्टै नराखी बिक्री गरेको पाइएको छ। 

त्यस्तै गीता फार्मेसीले व्यवसाय दर्ता नवीकरण नगरेकोले सात दिनभित्र नगरपालिकामा आएर नवीकरण गर्न निर्देशन दिएको छ। रिदम हेल्थ केयर सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, दर्ता भएका कागजातहरू नवीकरण नभएको, नभएका डाक्टरहरूको नाम लेखेर राखेको, दररेट नभएको र नागरिक बडापत्र नभएको पाइएको छ। चन्द्रगढी मानव डेन्टलले २०७९/०८० देखि व्यवसाय दर्ता नवीकरण नगरेको, न्यु साझा डेन्टल होमले नगरपालिकामा व्यवसाय दर्ता नगरेको र सरसफाइमा ध्यान नदिएको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.