मेची रंगशालामा माघ ७ गतेदेखि व्यापार, कृषि तथा पर्यटन महोत्सव

मेची रंगशालामा माघ ७ गतेदेखि व्यापार, कृषि तथा पर्यटन महोत्सव

झापा : झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो। 

२०७३ फागुन १२ गते पहिलो पटक भद्रपुरमा महोत्सव भएको थियो। ‘समृद्धिको आधार, आर्थिक विकास: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा यहाँका स्थानीय घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिने संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पश्चात् देशको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा एक किसिमको निराशापन छाएकोले त्यसलाई थोरै भएपनि उजागर गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन यो महोत्सव गर्न लागेको कार्यवाहक अध्यक्ष राईले बताए। 

साथै जिल्लाका उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् यहाँका पर्यटकीय क्षेत्रहरूलाई थप प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनको भनाइ छ। ‘घाटा नाफा भन्दा पनि यहाँका व्यापार–व्यवसायलाई चलायमान बनाउन महोत्सवको मुख्य लक्ष्य रहेको छ,’ उनले भने। 

घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सय भन्दा बढी स्टल रहनेछ। एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोड रुपैयाँ बराबरको कारोबार तथा एक लाख बढी अवलोकनकर्ता आउने लक्ष्य राखिएको छ। 

व्यापारसँगसँगै महोत्सव नेपाल सरकारले प्रतिबन्ध लगाए बाहेकका मनोरञ्जनका खेल, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति रहने संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए। महोत्सव सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ। 

आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम् सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले बताए। 

भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले यो महोत्सवलाई भद्रपुर नगरपालिकाले अपनत्व लिने बताइन्। पत्रकार सम्मेलनमा महोत्सव आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली, उद्योगी दीपेश ढकाल, भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा लगायतले फुटबल जस्तै महोत्सव भव्य सभ्य बनाउन आफूहरू लागि परेको र यसलाई सफल बनाउन आम जिल्लावासी समक्ष आग्रह पनि गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.