झापामा जंगली हात्ती मृत फेला
झापा : झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित कालिका सिमसार जाने बाटोमा डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको हो ।
बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटनास्थल पुगेर डिभिजन वन कार्यालय झापालाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने यो भन्दा अगाडि एउटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !