विषालु च्याउ खाँदा परिवारका सबै बिरामी
गोरखा : बिषालु च्याउ खाँदा गोरखाका एक परिवार बिरामी भएका छन्। सोमबार बेलुका खानासँगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका - १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिवार बिरामी भएको प्रहरीले जनाएको छ।
वाग्मती नगरपालिका - १३ घर भई हाल गोरखाको प्यूघर बस्दै आएका ३० वर्षकी हिरालाल पहारी, उनका दुई छोरा १२ वर्षका किसान पहारी, र ६ वर्षका हिमाल पहारी तथा पाँच वर्षकी छोरी सुजिता पहारी बिरामी भएका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।
उनीहरू सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरू सबैको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !