एक तोला सुनको भाउ २ लाख ६८ हजार नाघ्यो
काठमाडौं : मंगलबार नेपाली बजारमा एक तोला सुनको भाउ २ लाख ६८ हजार नाघेको छ। अघिल्लो दिन सोमबार ४ हजार ६०० रुपैयाँले बढेको सुन आज ३ हजार १०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० कायम भएको छ। सोमबार एक तोला सुनको भाउ २ लाख ६५ हजार पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन प्रतितोला चाँदी ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदीको भाउ ४ हजार ६८५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !