टोपबहादुर रायमाझीको थुनामुक्तको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

टोपबहादुर रायमाझीको थुनामुक्तको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : उच्च अदालत पाटनले टोपबहादुर रायमाझीको थुनामुक्तको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ। भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १ असार २०८० मा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। यसअघि पुस ११ गते जिल्ला अदालत काठमाडौंमा रायमाझीले थुनामुक्तको निवेदन दिएका थिए। तर, जिल्ला अदालतले मागबमोजिम नहुने आदेश दिएपछि उनी उच्च अदालत पुगेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्लाको आदेशपछि रायमाझी,नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना कारागार चलान भएका थिए। धरौटी बुझाएर खाँण थुनामुक्त भइसकेका छन्। तर, रायमाझी भने दुई वर्षदेखि कारागारमै छन्।

रायमाझीलाई नेकपा एमालेले  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस समेत गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रायमाझीविरुद्ध ठगी,लिखित कीर्ते,राज्यविरुद्ध र संगठित अपराधमा मुद्दा दायर गरेको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.