झापामा विषालु सर्पले डस्दा एकजनाको मृत्यु
झापा : झापामा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-६ सोनापुर गेउरीया निवासी ३७ वर्षीय बुद्धिकुमार राजवंशी रहेका छन्।
आइतबार साँझ साढे ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा राजवंशीलाई सर्पले बायाँ खुट्टाको गोली गाँठोमा डसेको थियो। उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा लगिएको थियो।
त्यहाँबाट थप उपचारको लागि सोमबार बिहान ७ बजे कोशी अस्पताल विराटनगर पुर्याउँदा डाक्टरले चेकजाँच उनको मृत्यु भइसकेको थियो। मृतक शवको कानुनी प्रक्रिया पूरा गरी झापा ल्याइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !