राजावादी आन्दोलनमा सहभागी हुन भन्दै म्यासेज पठाउने निर्देश सेढाइ पक्राउ

राजावादी आन्दोलनमा सहभागी हुन भन्दै म्यासेज पठाउने निर्देश सेढाइ पक्राउ

काठमाडौं  : राजावादी आन्दोलनमा सहभागी हुन भन्दै अनधिकृत म्यासेज पठाएको आरोपमा प्रहरीले निर्देश सेढाइलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाइलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायले उनमाथि सार्वजनिक हिताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए। अनावश्यक म्यासेज पठाएर जनतामा आतंक फैलाएको उनीमाथि आरोप  छ।

प्रवक्ता आर्चायका अनुसार प्रहरीसँगको बयानमा सेढाइले अहिलेको सरकारले राम्रो काम नगरेकाले विरोधस्वरुप म्यासेज पठाएको बताएका छन्।

भौगोलिक जटिलताबाट नेपाललाई बचाउँदै फेरि सांस्कृतिक संवैधानिक अधिराज्य बनाउनका लागि पुस ३० मा बालुवाटार जाऔं भन्दै म्यासेज पठाएका थिए। नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा एकैपटक ५० लाख मानिसलाई उनले म्यासेज गरेका थिए ।

गाडी व्यवसायमा संलग्न व्यापारी सेढाइले काठमाडौं र चितवनमा गाडी स्वरुम तथा प्रेटोल पम्प चलाइरहेका छन् । उनले केका लागि वा कसको सहयोगमा यस्तो म्यासेज पठाए अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले एक करोड रकम खर्चेर म्यासेज पठाएको बताइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.