नेकपा एमालेले माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने

नेकपा एमालेले माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले यहि माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शनको तयारी पूरा भएको जनाएको छ । 

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए। सभाबाट एमालेले निर्वाचन केन्द्रीत विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए । 

बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । उनले चुनाव भए एमालेले बहुमत ल्याउने र ठूलो दल हुने कुरालाई अव कसैले रोक्न नसक्ने दावी गरे । त्यस्तै बस्नेतले कांग्रेसको विभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दु:खद भएको बताए । कांग्रेसको दुई पक्षमध्ये एक पक्षसँग सहकार्य गर्ने अवस्था आए एमालेले शेरबहादुर देउवा नेतृत्वको कांग्रेससँग सहकार्य गर्ने उनले बताए।

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताए । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.