बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु

बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु
सुन्नुहोस्

झापा : झापाको बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-४ निवासी ३२ वर्षीय खगेन्द्र मगर रहेको प्रहरीले जनाएको छ। 

आज साँझ ७ः५० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर नजिकै बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक मगर र सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएका थिए। दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगो नियन्त्रणमा लिएको छ। ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.