बारामा गुडिरहेको इभी माइक्रोबसमा आगलागी

यात्रु सकुशल

बारामा गुडिरहेको इभी माइक्रोबसमा आगलागी

सिमरा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ । आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जले पनि त्यसमा सवार यात्रुहरू सकुशल रहेका छन् ।

पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको प्र.१–०१–००१ख ४७२० नम्बरको इभी माइक्रोबसमा बिहान करिब ३:३० बजे अचानक आगो लागेको हो । घटना जीतपुरसिमरा उपमहानगरपालिका- १६ स्थित सहजनाथ मन्दिर जाने बाटो अगाडि भएको प्रहरीले जनाएको छ ।

माइक्रोबसमा १४ जना यात्रु सवार थिए । गाडीमा अचानक आगो सल्किएको देखेपछि चालकले गाडी सडक छेउमा रोकेर यात्रुलाई बाहिर निकालेका थिए । आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेको भए पनि यात्रु तथा उनीहरूका सामान सुरक्षित छन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई अर्को सवारीसाधनबाट गन्तव्यतर्फ पठाएको थियो ।

माइक्रोबसमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.