आवेदन फाराम भर्ने म्याद थप्दा पनि अपुग भयो निर्वाचन प्रहरी

आवेदन फाराम भर्ने म्याद थप्दा पनि अपुग भयो निर्वाचन प्रहरी
सुन्नुहोस्

गोरखा : गोरखामा आवेदन फाराम भर्ने म्याद थप गर्दा पनि निर्वाचन प्रहरी अपुग भएको छ। २२८३ जनाका लागि दरखास्त माग भएपनि आवेदनका लागि थप भएको म्याद शनिबार साँझसम्म दुई हजार जना पनि नपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिप्रका लगायत जिल्लाका विभिन्न प्रहरी युनिटहरुमा शनिबार १० बजेसम्म दरखास्त लिएको थियो। सबैमा गरी दुई हजार जति आवेदन आएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा दोस्रो पटक दुई दिन म्याद थप्दा पनि माग भए जति आवेदन नपरेको जिल्ला प्रहरी प्रमुख भरत विकले जानकारी दिए।

उनका अनुसार दोस्रो पटक थप भएको म्याद शनिबार समाप्त भएको छ। शनिबार बेलुकी अबेरसम्म  आवेदन फाराम लिँदा पनि करिब दुईसय जना अपुग हुने देखिएको छ। अब तेस्रो पटक म्याद थप नगरिने बरु धेरै छनौट भएका जिल्लाबाट लिन सकिने उनले बताए।

गत पुस २५ गते जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना प्रकाशित गर्दै २२८३ जना प्रहरी भर्ना गर्ने जनाएको थियो। फर्म भर्ने अन्तिम दिन माघ १ गतेसम्म जम्मा १७२२ जनाको मात्र आवेदन परेपछि पुन दुई दिनका लागि म्याद थप गरी सूचना जारी भएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

आवश्यक भन्दा कम आवेदन परे दुःखद भएको प्रहरीको भनाइ छ। ‘खै कसरी आकर्षण कम भयो कुन्नि ? वैदेशिक रोजगारीको प्रभाव पनि हुन सक्छ, सेवा सुविधा कम भएकाले युवा आकर्षित नभएको पनि हुन सक्छ’, एसपी विकले भने, ‘देशभरि धेरै जसो ठाउँको अवस्था यस्तै छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.