निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे देउवा पक्षका नेताहरू

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे देउवा पक्षका नेताहरू

काठमाडौं : निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष  सर्वोच्च अदालत पुगेको छ।  गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

'आधिकारिकताका विषयमा आयोगमा उल्लेख नभएका व्यक्तिहरूले दिएको निवेदनलाई औपचारिकता दिएर मूल नेपाली कांग्रेसलाई सोध्दा पनि नसोधेर जे ढंगबाट निर्णय आयो, त्यो बदनियतपूर्ण छ। संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत छ। त्यसलाई खारेजीको माग गर्दै रिट दायर गरेका छौं,'उनले भने,' चाँडै पेशी सूचीमा चढ्छ भन्ने आशा छ।' 

नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत सर्वोच्च अदालत पुगेका छन्। शेखर कोइराला समूहका नेताहरू भने सर्वोच्च गएको छैनन्। 

माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ। 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.