नेपाली कम्युनिष्ट पार्टीबाट गोरखा १ मा अधिकारी, २ मा न्यौपाने उम्मेदवार
गोरखा : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले गोरखाका दुवै क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाले गोरखा १ का लागि हरिराज अधिकारी र गोरखा २ का लागि लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने गरी टिकट दिएको हो।
उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा नेकपाले शनिबारको निर्णय अनुसार आइतबार गोरखाका दुवै क्षेत्रका उम्मेदवारलाई टिकट दिएको पार्टी केन्द्रले जनाएको छ। हरि अधिकारी २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बनेका थिए।
न्यौपाने भने यसअघि प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैमा उम्मेदवार थिएनन्।
उनका लागि यो नै पहिलो चुनावी अनुभव हो। गोरखा २ जौबारी घर भएका नारायणकाजी श्रेष्ठ भने आउँदो चुनावमा सर्लाही ३ बाट उम्मेदवार बन्ने भएका पार्टी केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !