धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा, सुनसरी-१ बाट उम्मेदवारी दिने

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा, सुनसरी-१ बाट उम्मेदवारी दिने

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्।

राजीनामा बुझाउँदै सम्पाङले धरानबासी जनताले दिएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै स्थानीय तहमा थालेका अभियान र सुधारका प्रयासलाई आगामी दिनमा पनि निरन्तर अघि बढाइने बताए। उनले संघीय संसदमार्फत श्रम, सुशासन र स्वाभिमानको राजनीतिलाई संस्थागत गर्ने लक्ष्यसहित निर्वाचनमा होमिएको स्पष्ट पारे।

मेयरको रूपमा आफ्नो कार्यकालमा श्रम संस्कृतिको प्रवर्द्धन, भ्रष्टाचारविरुद्धको अभियान, सार्वजनिक सेवा सुधार तथा स्थानीय स्रोतसाधनको संरक्षणमा जोड दिएको उल्लेख गर्दै उनले धरानको विकास यात्रामा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताए।

सम्पाङको राजीनामासँगै धरान उपमहानगरपालिकामा नेतृत्व रिक्त भएको छ। अब उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्ने छन्। स्थानीय राजनीतिमा स्पष्ट धारणा र फरक शैलीका कारण चर्चित रहेका हर्क सम्पाङको संघीय निर्वाचन यात्रालाई धरान र सुनसरीको राजनीतिक वृत्तले चासोका साथ हेरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.