प्रतिनिधिसभा निर्वाचन लड्न बारामा वडा सदस्यले दिए राजीनामा
सिमरा : फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बारा कलैया उपमहानगरपालिका- १ का वडा सदस्यले राजीनामा दिएका छन् । सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीबाट चुनाव लड्न वडा सदस्य शशी दासले राजीनामा दिएका हुन् ।
बारा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका दासले नगर प्रमुख विनोद साहलाई सोमबार राजीनामा बुझाएका छन् । दास समुन्नत पार्टीका केन्द्रीय सदस्य हुन् । उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !