पूर्वउपसभामुख र काठमाडौंका पूर्वमेयरबिच छलफल

पूर्वउपसभामुख र काठमाडौंका पूर्वमेयरबिच छलफल

झापा : झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । 

बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए । उनी बिर्तामोड- १ स्थित निश्चल बस्नेतको घरमा बसेका थिए । उनीहरुबिच निर्वाचनको समसामयिक विषयमा छलफल भएको हो । उम्मेदवार राना मगरलाई सहयोग गर्नका लागि बालेनसहितको टिम बिर्तामोड आएको एक सहयोगीले बताए।

बालेनले जिल्लामा निर्वाचनको माहौल बनाउन पार्टी नेता तथा कार्यकर्ताहरुसँगै आफ्‌ना शुभचिन्तक र समर्थकहरुसंगको भेटघाटलाई तीव्रता दिएको जनाइएको छ । बिर्तामोडमा भेटघाट सकेर बालेन आफ्नो निर्वाचन क्षेत्र दमकतर्फ लागेका छन् । यस पटक झापा ५ देशभरमै चर्चामा रहेको छ । २०४८ सालदेखि लगातार त्यस क्षेत्रबाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न बालेनले झापा ५ रोजेपछि चुनावी माहौल तातिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.