पाल्पामा मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते
तानसेन : पाल्पा रिव्दीकोट गाउँपालिका–१ ख्याहा जोगिथुमबाट मलामी बोकेर रिडी जाँदै गरेको लु१च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रिव्दीकोट १ ख्याहा जोगिथुमका अन्दाजी ३० वर्षीया टिकाराम कुमाल रहेको वडा अध्यक्ष चिरञ्जी पोखरेलले जानकारी दिए।
कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा ६ जना घाइते रहेको वडा अध्यक्ष पोखरेलले बताए। जिप सडकदेखि करिब १० मिटर तल खसेको छ। मृतकको शवलाई पोष्टमार्टका लागि गुल्मीको तम्घास पठाइएको वडा अध्यक्ष पोखरेलले बताए।
जोगिथुमबाट मलामी लिएर रिडी जाँदै गर्दा गुल्मीको रिडी–खज्र्याङ सडक खण्ड खोल्टेपानीमा लु१च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस !